काठमाडौं-नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल क्षेत्रले अपेक्षा गरे अनुरुपको मौद्रिक नीति नआएको बताउनुभएको छ।
नाडाका अध्यक्ष थापाले आइतबार राष्ट्र बैङ्कले जारी गरेको मौद्रिक नीतिले अटो मोबाइल क्षेत्रले दिएका सुझाव र अपेक्षा अनुसारको मौद्रिक नीति नआएको बताउनु भयो। मङ्गलवार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिबारे प्रतिक्रिया दिँदै अटो मोबाइल क्षेत्रलाई मौद्रिक नीतिले उपेक्षा गरेको बताउनु भयो। उहाँले अटो मोबाइल क्षेत्रले मौद्रिक नीतिबाट धेरै अपेक्षा गरेको भए पनि अर्थतन्त्र सकारात्मक मोडमा हुँदा समेत अपेक्षा अनुपको मौद्रिक नीति पाउन नसकिएको गुनासो गर्नुभयो। उहाँले लामो समयदेखि थला परेको अटो मोबाइल क्षेत्र हायर पर्चेज कर्जाको जोखिम भार र लोन टु भ्यालु रेसियो र चालु पुँजी कर्जामा सहजीकरणको माग राख्दा पनि राष्ट्र बैङ्कले सम्बोधन गर्न नसकेको बताउनु भयो। उहाँले राष्ट्र बैङ्कले चालु पुँजी कर्जा मार्गनिर्देशनलाई पुनरावलोकन गर्ने भनेकाले केही आशा रहेको बताउनु भयो। उहाँले लोन टु भ्यालु रेसियोको विषयमा मौद्रिक नीतिले केही नबोलेको भन्दै सर्कुलरमा केही आउने अपेक्षा रहेको बताउनु भयो। उहाँले अटो मोबाइल क्षेत्र सबैभन्दा जोखिममा परेको हायर पर्चेज कर्जाको जोखिम भार रहेको भन्दै यसमा केही सम्बोधन भए पनि पर्याप्त नभएको बताउनु भयो। उहाँले २५ लाखसम्मको कर्जा भनेको अटो मोबाइल क्षेत्रको लागि एकदमै न्यून भएको बताउनु भयो। उहाँले २५ लाख कर्जामा जोखिम भार कम गर्दैमा अटो मोबाइल क्षेत्रमा सकारात्मक प्रभाव ल्याउन नसक्ने दाबी गर्नुभयो। उहाँले शेयर बजार,घरजग्गा कारोबार तथा अन्य व्यापार व्यवसाय चलायमान भए मात्रै अटो मोबाइल व्यवसाय चलायमान हुने बताउनु भयो। उहाँले निजी क्षेत्रमा जाने कर्जालाई सङ्कुचन गर्दा अर्थतन्त्र चलायमान हुन नसक्ने बताउनु भयो।
उहाँले भन्नुभयो, ‘अटो मोबाइल क्षेत्रले मौद्रिक नीतिबाट धेरै अपेक्षा गरेको थियो। अर्थतन्त्र सकारात्मक मोडमा गइरहेकाले आशा ठुलो नै थियो। अटो मोबाइल क्षेत्रले अपेक्षा अनुपको मौद्रिक नीति प्राप्त गर्न सकेनौँ। लामो समयदेखि थला परेको अटो मोबाइल क्षेत्रले धेरै माग केही राखेको थिएन। एक वर्षदेखि अटो मोबाइल क्षेत्र कठिन परिस्थितिबाट गुज्रिरहेको छ। हायर पर्चेज कर्जाको जोखिम भार र लोन टु भ्यालु रेसियो र चालु पुँजी कर्जामा सहजीकरणको माग राखेका थियौं। राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गनिर्देशनलाई पुनरावलोकन गर्ने भनेकाले केही आशा गरेका छौं। लोन टु भ्यालु रेसियोको विषयमा मौद्रिक नीतिले केही पनि बोलेन । मौद्रिक नीतिमा समावेश नभए पनि सर्कुलरमा केही आउने अपेक्षा छ। अटो मोबाइल क्षेत्र सबै भन्दा जोखिममा परेको हायर पर्चेज कर्जाको जोखिम भारको कुराले हो। यसमा केही सम्बोधन भएको छ। २५ लाखको कर्जामा जोखिम भार १०० बनाउँदैमा ठुलो प्रभाव पार्ने अवस्था देखिएको छैन। २५ लाखसम्मको कर्जा भनेको अटो मोबाइल क्षेत्रको लागि एकदमै न्यून हो। २५ लाख भनेको इन्ट्री लेबलका गाडीहरूको मात्रैको कर्जा हो। यसले अटो मोबाइल क्षेत्रमा सकारात्मक प्रभाव ल्याउन सक्दैन। शेयर बजार,घरजग्गा कारोबार तथा अन्य व्यापार व्यवसाय चलायमान भए मात्रै अटो मोबाइल व्यवसाय चलायमान हुने हो। सम्पूर्ण व्यवसायी रक्षात्मक अवस्थामा रहेकाले मौद्रिक नीतिमा सबै क्षेत्र ठुलो अपेक्षा थियो। निजी क्षेत्रमा जाने कर्जा बिस्तार घटाएकाले मौद्रिक नीतिले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको पाइन। निजी क्षेत्रमा जाने कर्जालाई सङ्कुचन गर्दा अर्थतन्त्र चलायमान हुन सक्दैन। मौद्रिक नीतिको कारण बैङ्कको ब्याजदर घट्ने अवस्था छैन। बैङ्कको ब्याजदर बढी भएकाले बैङ्कमा तरलता थुप्रिएर बस्दा पनि निजी क्षेत्रले कर्जा लिन सकेको छैन। मुलुकको अर्थतन्त्र चलायमान बनाउन अटो मोबाइल क्षेत्रको महत्त्वपूर्ण योगदान छ । राज्यले अटो मोबाइल क्षेत्रलाई हरेक पटक उपेक्षा गरेको छ। अटो मोबाइल क्षेत्रलाई राजश्वको स्रोतको रूपमा हेर्ने तर नीति निर्माण गर्दा अटो मोबाइल मैत्री नभएर बाहिर राख्ने काम प्रवृत्ति प्रत्येक वर्ष देखिन्छ। अटो व्यवसायीहरूले ल्याएको ४ हजार भन्दा साडीहरू भन्सारमा नै थन्किएर बसेका छन्। भन्सारमा गाडी रोकिँदा राज्यलाई अर्बौँ राजश्व गुमिरहेको छ। अहिले धेरै अटो मोबाइल व्यवसायीहरू पलायन भइसकेका छन् ।’
अध्यक्ष थापाले मौद्रिक नीतिको कारण बैंकको ब्याजदर घट्ने अवस्था नभएको भन्दै बैंकको ब्याजदर बढी भएकाले बैंकमा तरलता थुप्रिएर बस्दा पनि निजी क्षेत्रले कर्जा लिन नसकेको बताउनु भयो। अध्यक्ष थापाले मुलुकको अर्थतन्त्र चलायमान बनाउन अटोमोबाइल क्षेत्रको महत्वपूर्ण योगदान भएपनि राज्यले अटोमोबाइल क्षेत्रलाई हेरक पटक उपेक्षा गर्ने गरेको गुनासो गर्नुभयो। उहाँले सरकारले अटोमोबाइल क्षेत्रलाई राजश्वको स्रोतको रुपमा हेर्ने तर नीति निर्माण गर्दा अटोमोबाइलमैत्री नभएर बाहिर राख्ने गरेको बताउनु भयो । उहाँले अटो व्यवसायीहरुले ल्याएको ४ हजार भन्दा साडीहरु भन्सारमा नै थन्किएर बसेको बताउनु भयो। उहाँले अहिले धेरै अटोमोबाइल व्यवसायीहरु पलायन भइसकेको बताउनु भयो।




प्रतिक्रिया