अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल टी-२० : सन्दीप आबद्ध सर्रे जगुआर्सको जित

ग्लोबल टी-२० : सन्दीप आबद्ध सर्रे जगुआर्सको जित


काठमाडौँ-ग्लोबल टी-२० क्यानडामा नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सले तेस्रो खेलमा जित निकालेको छ ।

गए राति भएको खेलमा सर्रेले टोरन्टो नेशनललाई २० रनले पराजित गरेको हो । यो उसको पहिलो जित हो ।

खेलमा लामिछानेले २ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका उनले जम्मा २२ रन दिए ।

पहिलो खेलमा सर्रे मोन्ट्रियल टाईगर्ससँग पराजित भएको थियो । सोमबार बिहान भएको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।-एजेन्सी