अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी जिल्लाका नदीमा बाढीको जोखिम

आज यी जिल्लाका नदीमा बाढीको जोखिम


काठमाडौँ-आज देशका अधिकांश जिल्लामा भारी र मध्यम वर्षाको सम्भावना छ । ती जिल्लाका केही नदी तथा खोलामा आज आकस्मिक बाढीको  पनि सम्भावना रहेको छ । 

दार्चुला बझाङ, बैतडीका केही स–साना नदीहरूमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । केही नदी तथा खोलामा  आकस्मिक बाढीको जोखिम समेत रहने पूर्वानुमान छ । 

यस्तै झापा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, ललितपुर, सर्लाही, महोत्तरी, धनुषा, बाग्लुङ, म्याग्दी, रुकुम पूर्व, अहम, डोटी, डडेलधुरा, बाजुरा, कालिकोट र वासपास भई बहने केही स–साना नदी तथा खोलामा पनि बहाव बढ्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ । 

कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा आगामी तीन दिन जलसतह सामान्य रहने पूर्वानुमान रहेको छ । 

Skip This