काठमाडौं-लघुवित्त पीडितहरूले नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका छन्।
लघु वित्तीय संस्थाविरुद्धको सङ्घर्ष समिति’ गठन गरी पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्। बुधवार बिहान माईतीघर मण्डलामा भेला भई संसद् भवन घेराउ गर्न पुगेका उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन् । आफ्ना माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ ।
पीडितहरूले लघुवित्तलाई खारेज गर्नुपर्ने, साँवासहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्नुपर्ने बताएका छन् ।






प्रतिक्रिया