काठमाडौँ-काठमाडौँका विभिन्न स्थानमा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ । बूढानीलकण्ठ, जितपुर र आसपास पछिल्लो दुई घण्टामा भारी वर्षा जारी छ ।
विष्णुमती नदीको गोंगबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सो स्थानमा बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।





प्रतिक्रिया