अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित


काठमाडौं-मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट सर्वसम्मतीले पारित भएको छ।

बिहीबारको राष्ट्रियसभा बैठकबाट विधेयक पुन: पारित भएको हो। विधेयक प्रतिनिधि सभाले संसोधनसहित पारित गरी पुन राष्ट्रिय सभामा पठाएको थियो।

राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुन: पारित गरियोस्’ भन्ने प्रस्ताव राखेका थिए।

त्यसलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए। अध्यक्ष तिमिल्सिनाले निर्णायर्थ प्रस्तुत गरेको विधेयकमामा ध्वनिमतका आधारमा पारित गरिएको घोषणा गरेका थिए।

अब विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा जानेछ। राष्ट्रपतिले प्रमाणिकरण गरेपछि विधेयक ऐनका रूपमा लागू हुनेछ ।