अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालीमाटी तरकारी बजारमा किसानहरूको धर्ना

कालीमाटी तरकारी बजारमा किसानहरूको धर्ना


काठमाडौं-राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ।

बिहीवार बिहान सञ्चालले कार्यालय अघि भेला भइ धर्ना दिएको हो। उनीहरुले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत भाडामा लगाउन माग गर्दै धर्ना दिएका हुन्।

धर्ना कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले कृषि क्षेत्रको आन्दोलन शुरु भएको बताउनु भयो। उहाँले सरकारले किसानको हक हीतबिरुद्धका नीतिहरु बनाउँदै गए आन्दोलन झनै चर्काउने चेतावनी दिनुभयो । उहाँले मुलुकका किसानलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्थामा नपु¥याउन चेतावनी दिनुभयो।
उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रको आन्दोलन शुरु भएको छ, हामी सशक्त रुपमा अघि बढ्नेछौँ। कृषि क्षेत्र विपरित नीतिहरु ल्याउन पाइँदैन। किसानहरुलाई क्षतिपूर्ति दिन सरकारले लापरबाही गरेकाप्रति आन्दोलिन हुनुहुन्छ। मुलुकका किसानलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्थामा नलगियोस् ।’

उनीहरुले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत भाडामा लगाइयोस्, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर् लगायतका प्लेकार्ड र नारासहित बिरोध प्रदर्शन गरेका छन्।

Skip This