अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गरिबी, भोकमरी र युद्ध लाद्ने प्रवृत्ति शान्तिका लागि चुनौती: अध्यक्ष ओली

गरिबी, भोकमरी र युद्ध लाद्ने प्रवृत्ति शान्तिका लागि चुनौती: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिपय ठूला देशले अन्य मुलुकमा द्वन्द्व र तनाव सृजना गर्दै युद्ध लाद्ने गरेकाले विश्व शान्तिका लागि यो चुनौतीका रूपमा रहेको बताउनु भएको छ ।

वर्ल्ड पिस काउन्सिलको दक्षिण एसियाका प्रतिनिधिहरूसँग आज ललितपुरको च्यासदस्थित पार्टी कार्यालयमा भएको अन्तरक्रियामा अध्यक्ष ओलीले अहिले पनि विश्वमा ठूलो जनसङ्ख्या गरीबी र भोकमरीबाट ग्रस्त रहेको बताउँदै यस्तो अवस्थामा मानव जातिले शान्तिको अनुभूति गर्न नसक्ने धारणा व्यक्त गर्नु भयो।

अध्यक्ष ओलीले असंलग्न परराष्ट्र नीति तथा सन्तुलित र तटस्थ छिमेक सम्बन्ध नेपालको परराष्ट्र नीति रहेको जानकारी गराउनु भयो। उहाँले भन्नुभयो, ‘हामी शान्तिको चाहना राख्छौँ । त्यसका लागि काम गर्छौै । त्यसैले हामी तनाव र द्वन्द्वमा पक्ष लिँदैनौँ ।’

अध्यक्ष ओलीले वर्ल्ड पिस काउन्सिललाई विश्व शान्तिका लागि प्रभावकारी काम गर्न सफलता मिलोस् भनी शुभकामना समेत दिनु भयो।

अध्यक्ष ओलीले वल्र्ड पिस काउन्सिललाई विश्व शान्तिका लागि प्रभावकारी काम गर्न सफलता मिलोस् भनी शुभकामना दिनुभयो। 
उहाँले नेपालको वर्तमान राजनीति र नेकपा (एमाले) को राजनीतिक, सांगठानिक अवस्था र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पार्टीले आफ्नो गन्तव्य बनाएको बताउनु भयो। 

अध्यक्ष ओलीले नेपालमा करिब दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकार गठन गरिएको र विकासका कामले गति लिएको, जनता उत्साहित भइरहेको अवस्थामा पार्टी विभाजन भएको जानकारी गराउँदै पार्टी फुटाउनेहरूले अरूका लागि काम गरिरहेको बताउनुभयो । उहाँले वर्तमान सरकार फरक फरक दृष्टिकोण रहेका दलहरूको अस्वस्थ गठबन्धन भएको समेत वताउनुभयो। उहाँले गत निर्वाचनमा लोकप्रिय मतमा नेकपा (एमाले) सबैभन्दा ठूलो दल भएको र अन्य कुनै दलसँग कुनै हिसावमा तुलना हुन नसक्ने जानकारी गराउँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गरिरहेको बताउनुभयो। 

अन्तरक्रियामा सहभागीले राखेका जिज्ञासामा अध्यक्ष ओलीले नेपालमा महिला अधिकारका क्षेत्रमा महत्वपूर्ण काम भएको बताउनुभयो । उहाँले संसद, स्थानीय तह र पार्टी संगठनमा महिला सहभागिताका बारेमा जानकारी गराउनुभयो। 

अध्यक्ष ओलीले सबै नागरिकले समान अधिकार, सामाजिक न्याय र भयरहित वातावरणमा बाँच्न पाउनुपर्ने मान्यता स्थापित गर्ने दिशामा काम गरिरहेको बताउनु भयो ।  

नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सचिव डा. अन्जान शाक्यले सञ्चालन गर्नुभएको अन्तक्र्रियामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपाल पिस एण्ड सोलिडारिटी काउन्सिलका संयोजक रविन्द्र अधिकारीले दुई दिने वर्ल्ड पिस काउन्सिलको एसिया प्यासिफिक रिजनल मिटिङका बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा यस क्षेत्रको शान्ति र सुरक्षाका विषयमा छलफल भएको अधिकारीले बताउनुभयो ।