अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय स्कुल-कलेज चेस प्रतियोगिता सुरू

राष्ट्रिय स्कुल-कलेज चेस प्रतियोगिता सुरू


काठमाडौं-राष्ट्रिय स्कुल-कलेज चेस प्रतियाेगिता काठमाडाैंमा सुरु भएकाे छ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय खेलकुद विभागको आयाेजनामा शुक्रबारदेखि काठमाडाैंकाे प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा प्रतियाेगिता सुरु भएकाे हाे।

प्रतियाेगिता अनेरास्ववियुका अध्यक्ष समिक बडालले उद्घाटन गर्नुभएकाे थियाे । प्रतियाेगितमा ५० बढी टाेलीकाे सहभागिता छ। प्रतियाेगिता भाेलिसम्म चल्नेछ।

प्रतियाेगितामा प्रथम हुने टाेलीले नगद ५० हजार ट्रफी, पदक र प्रमाणपत्र, दाेस्राे हुनेले ३० हजार ट्रफी, पदक र प्रमाणपत्र र तेस्राे हुनेले २० हजार ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

केन्द्रीय खेलकुद विभाग प्रमुख अमित महरले चेस प्रतियोगिताले विद्यार्थीको बौद्धिक विकास गर्ने र यस्ता कार्यक्रमहरु अनेरास्ववियुले गर्दै आइरहेको बताउनुभयो । यस्ता रचनात्मक कार्यक्रम गर्ने संगठनका रुपमा अनेरास्ववियु सधैं अग्रपंक्तिमा रहेकाे उहाँले बताउनुभयाे ।

त्यस्तै कार्यक्रमा आफ्ना कुरा राख्दै प्रमुख अथिति समेत रहनुभएका अनेरास्ववियुका अध्यक्ष समिक बडालले अनेरास्ववियुले विद्यार्थीका हक अधिकारकाे कुरा गर्ने बताउनुभयाे ।

अनेरास्ववियुले विद्यालयमा भएका अनियमितता, विकृति र विसंगतिका विरुद्ध आवाज बुलन्द्ध गर्ने बताउँदै विद्यार्थीबाट विद्यालयहरुले उठाउने चर्काे शुल्का नउठाउन भनेर खबरदारी गरिरहेकाे समेत बताउनुभयाे ।

‘हामी अनेरास्ववियु सेवामुखि संगठन हाे, हामी चाहान्छाैं राज्यले यस्ता प्रतिभाहरुलाई देशमा नै बस्न सक्ने गरि खेलाडिहरुलाई प्राेत्साहन गराेस्’ बडालले भन्नुभयाे-‘अहिले पढ्दै गरेका विद्यार्थीहरुलाई व्यवस्थित शिक्षा दिन र पढिसकेपछि साे क्षेत्रमा विद्यार्थीलाई यहिँ देशमा गरिखान सक्ने व्यवस्था याे राज्यले गर्न सक्नु पर्छ । याे अनेरास्ववियुले उठाउँदै आएकाे मुख्य मुद्दा हाे ।’