अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो


काठमाडौँ-कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेकाे छ । इपीएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो ।

दुई देशका सरकारबीच भएको समझदारीपत्र अनुसार रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको छ ।

पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने जनाइएको छ । आवेदन १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले भर्न सक्नेछन् । आवेदन यही साउन २० देखि २४ गतेसम्म दिन सकिनेछ ।

आवेदन फाराम https://eoers.epsnepal.gov.np मा गएर अनलाइनबाट भर्नु पर्नेछ । यसका लागि https://eoers.epsnepal.gov.np  को पहिलो पेजमा नै डेमो हेर्न सकिनेछ । भाषा परीक्षा आगामी असोज १ गते सोमबारदेखि हुने बताइएको छ ।