अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितिमा सभापति चयन नगरे बैठकमा सहभागी नहुने योगेश भट्टराईको चेतावनी

संसदीय समितिमा सभापति चयन नगरे बैठकमा सहभागी नहुने योगेश भट्टराईको चेतावनी


काठमाडौँ-नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदीय समितिमा सभापति चयन नगरे एमाले समितिका बैठकमा सहभागी नहुने चेतावनी दिनु भएको छ।

आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले संसदीय समितिमा सभापति चयन नगरे एमाले समितिका बैठकमा सहभागी नहुने चेतावनी दिनु भएको हो।

उहाँले सरकारले सत्तागठबन्धन भित्रको भागवण्डा मिलाउन नसकेर प्रतिपक्षी दललाई देखाएर सभापति चयनमा ढिलाई गरिरहेको अरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘संसदीय समिति सभापतिका लागि प्रतिपक्षी दलले कुनै भागवण्डा मागेको छैन।’

सांसद भट्टराईले समिति गठन भएको तीन महिनासम्म पनि समिति सभापति चयन हुन नसक्नु दुःखद रहेको बताउँदै सरकारले अबिलम्ब सभापति चयन गर्न जोड दिनु भयो।