काठमाडौं-निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गर्दा सेमत निर्वाचन आयोगमा जरिवाना गरेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले उच्च अदालत पाटनमा रिट दायर गरेका छन्।
रास्वपाका सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले रिट दर्ता गरेका हुन्। आफूहरुले कानुन अनुसार विवरण बुझाए पनि आयोगले १५ हजार रुपैयाँ जरिवाना गरेको उहाँहरुको दाबी छ।
निर्वाचन आयोगले प्रक्रिया पूरा नगरी कारबाही गरेको बताउँदै बदर घोषित गर्न माग गरिएको छ। कारबाही गर्नुपूर्व स्पष्टिकरण सोध्नुपर्ने र दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्ने भए पनि उक्त प्रक्रिया पुरा नभएको भनाई रिटमा छ।
आयोगको जरिवाना गर्ने निर्णय, पत्राचार र प्रेस विज्ञप्ति गैरकानुनी एवम् स्वेच्छाचारी भएकाले तत्काल रोक्न रिटमा अन्तरिम आदेशको माग समेत गरिएको छ। आयोगले निर्वाचन खर्च विवरण बुझाएर त्यसलाई सार्वजनिक नगरिएको बताउँदै १५ हजार रुपैयाँ जरिवाना गरेको थियो।






प्रतिक्रिया