अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बोलाइयो

प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बोलाइयो


काठमाडौँ-संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने भएको छ। प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्नका लागि मंगलबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वालुवाटारमा छलफल भएपछि संवैधानिक परिषद्को बैठक बोलाइएको हो ।