अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोकोमा खानेपानी बोकेर ल्याउनुपर्ने अवस्थाको सरकारले अन्त्य गर्छः मन्त्री यादव

डोकोमा खानेपानी बोकेर ल्याउनुपर्ने अवस्थाको सरकारले अन्त्य गर्छः मन्त्री यादव


काठमाडौं-खानेपानी मन्त्री महिन्द्र राय यादवले कर्णाली प्रदेश लगायतका क्षेत्रमा खानेपानी डोकोमा बोकेर ल्याउनुपर्ने अवस्थाको वर्तमान सरकारले अन्त्य गर्ने बताउनुभएको छ।

आइतवार खानेपानी मन्त्रालयले खानेपानीका वर्तमान समस्या र समाधान विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो। उहाँले विज्ञान र प्रविधिको युगमा पनि मानिसहरुले डोकोमा पानी बोकेर खानुपर्ने बाध्यतालाई सरकारले अन्त्य गर्न प्राथमिकताका साथ काम गर्ने बताउनु भयो। उहाँले डोकोमा पानी बोकेर खानेपानी खानुपर्ने अवस्था अत्यन्तै पीडादायी रहेको भन्दै बजेटको व्यवस्था गरेर त्यस्तो ठाउँमा सहजिकरण गर्ने बताउनु भयो। उहाँले फलामको मात्रा बढी भएको पानी उत्पादन अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले फलामको मात्रा बढी भएको पानी उत्पादन अन्त्य गर्नको लागि तीनै तहका सरकारले हण्डपाइप वितरण कार्य रोक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारको प्राथमिकता नै मुलुकभरका विद्यालयमा खानेपानी पु¥याउने हो। विद्यालय क्षेत्र सबै भन्दा संवेदनशिल हो । दोस्रो क्षेत्र भनेको आसनिक पानी (फलामको मात्र बढी भएको) कम गर्नु हो। फलामको मात्रा बढी भएको पानीलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने हो । त्यो पानी न्युनिकरण गर्नको मन्त्रालयले वितरण गर्ने हेण्डपाइप बन्द गरेका छौं। यो गर्न हुँदैन। तीनै तहका सरकारले हेण्डपाइप वितरणको काम गर्नु हुँदैन । आसनिक पानी न्युनिकरण गर्ने भने पनि हामी उत्पादन गरिरहेको भन्दै त्यो प्राणघातक हो । हेण्डपाइप वितरण तीन वटै सरकारले गर्न सकेन भने फलामको मात्रा बढी हुने पानी बन्द हुँदैन। कर्णाली लगायत मुलुकका अन्य क्षेत्रमा डोकामा पानी बोक्नुपर्ने बाध्यता छ । त्यो पिडादायि कुरा हो । यो अमानविय काम हो। सरकारले बजेटको व्यवस्था गर्छ । डोकोमा पानी बोल्नुपर्ने बाध्यताको अन्त्य गर्नु सरकारको प्राथमिकतामा पर्छ । अहिलेको जमानमा पनि डोकोमा पानी बोल्नुपर्ने अवस्थालाई मुक्त गर्नुपर्छ ।’

मन्त्री यादवले सरकारको प्राथमिकता मुलुकभरका विद्यालयमा खानेपानी पु¥याउने रहेको बताउनु भयो। उहाँले चालु आर्थिक वर्षमा खानेपानी नपुगेका विद्यालयमहरुमा खानेपानी पु¥याएरै छोड्ने बताउनु भयो।

Skip This