अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका तीन जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

लुम्बिनीका तीन जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह


काठमाडौँ–लुम्बिनी प्रदेशका तीन जिल्लामा भारी वर्षा भएको छ । लुम्बिनीका रुपन्देही, कपिलवस्तु र दाङमा भारी वर्षा भइरहेको छ ।  

रुपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङको लालमटिया आसपासको क्षेत्रमा गएरातिदेखि भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखा जनाएको छ । 

महाशाखाका अनुसार उक्त क्षेत्र भएर बहने कोठी, बाणगंगा, सुरईलगायत खोलाहरूमा बहाव बढ्ने सम्भावना रहेको छ । त्यसैले नदी तथा खोलाका तटीय क्षेत्रहरू र रुपन्देहीका डुबान भइरहने होचा भू–भागहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।