अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी जिल्लाका नदीमा बाढीको जोखिम

आज यी जिल्लाका नदीमा बाढीको जोखिम


काठमाडौँ–आज देशका अधिकांश जिल्लामा भारी वर्षाका सम्भावना रहेको छ । जसले गर्दा ती जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना छ । 

आज इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङका नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, दाङ, बाँके, रुकुम पूर्व, कालिकोट, कैलाली, कञ्चनपुर, डोटी, अछाम, बझाङ, दार्चुला, डडेलधुरा र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्नसक्ने पूर्वानुमान छ । 

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहने तर बढ्दो रहने पूर्वानुमान रहेको छ । त्यसैले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन  महाशाखाले आग्रह गरेको छ ।