अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीहरूको धर्ना

प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीहरूको धर्ना


काठमाडौं-निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन्।
सोमवार निर्माण व्यवसायीहरूले सरकारले आयोजनाहरूको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर अगाडि सेप्टी हेलमेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका हुन्।

निर्माण व्यवसायीहरूले बिहान १० देखि ११ बजेसम्म प्रधानमन्त्री निवास घेराउ गरेका हुन्। व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन्।

आइतबार मात्रै सार्वजनिक खरिद अनुगमन कार्यालयमा घेराउ गरेका थिए । महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूका माग सम्बोधन नभएसम्म प्रधानमन्त्री निवास अगाडि आजदेखि निरन्तर धर्ना दिने बताउनु भयो। उहाँले लामो समयदेखि निर्माण व्यवसायीहरूलाई परेको समस्या सरकारले गम्भीर रूपमा नलिएको कारण आन्दोलन गर्न बाध्य भएको बताउनु भयो।

उहाँले सरकारले निर्माण आयोजनाहरूको प्रत्येक वर्ष म्याद थप गर्ने तर निर्माण आयोजनाहरू नसकिनुको प्रमुख कारण सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिनु भएको बताउनु भयो । उहाँले सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिँदा निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी समेत नपाएको बताउनु भयो। उहाँले अर्थ मन्त्रालयमा अन्य विकासे मन्त्रालयबाट १० अर्बको बजेट रकमान्तर गर्ने गएको फाइल तत्काल हेरेर रकम भुक्तानी गर्नुपर्ने बताउनु भयो। उहाँले सरकारले सार्वजनिक खरिद ऐनको १२ संशोधनबाट म्याद थप भएका आयोजनाहरू व्यवहारिक माइल स्टोनको कारण करिब ४० अर्ब रुपैयाँ बराबरको कामको बिल बनाउन नकनिएको बताउनु भयो। उहाँले माइल स्टोन खारेज गरी सम्पूर्ण आयोजनाहरूको म्याद थप गर्नको लागि सरकारसँग माग गरेको बताउनु भयो।

अध्यक्ष सिंहले करिब ४ खर्ब बराबरका आयोजनाहरूको म्याद थप हुन लागेको भन्दै अधिकांश योजनाहरूमा बजेट व्यवस्थापन समेत नभएको बताउनु भयो। उहाँले सरकारले भुक्तानी गर्न नसक्ने योजनाहरू तत्काल खारेज गर्न माग गर्नुभयो । व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर,सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर,जुन सुकै अवधिको ठेक्काको मूल्य समायोजन गर,व्यवहारिक माइल स्टेन खारेज गर,गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता,उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दाबाद लेखेको प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।