अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा छ: मन्त्री शर्मा

सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा छ: मन्त्री शर्मा


काठमाडौं-सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ। 

सोमवार सर्वाङ्गीण विकास अध्ययन संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो। उहाँले सरकारले व्यवस्थित रूपमा ऐन कानुनहरूलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गरी मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्ने बताउनु भयो।

उहाँले सूचना प्रविधिको विकासका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको बताउनु भयो। मन्त्री शर्माले अब नेपालबाट विदेशमा श्रमिक नभएर सेवा निर्यात गर्न सक्नुपर्ने बताउनु भयो। उहाँले यसका लागि सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनु भयो। उहाँले विज्ञहरूको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रमको परिमार्जन गरी अघि बढ्ने उल्लेख गर्नुभयो । उहाँले नेपालले पनि सूचना प्रविधिको क्षेत्रलाई विकास गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो। उहाँले प्रविधिको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘सरकारले व्यवस्थित रूपमा ऐन कानुनहरूलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गर्ने हो भने मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण आधारको रूपमा हुनेछ। यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने लागेको छ। अब नेपालबाट विदेशमा श्रमिक होइन सेवा निर्यात गर्न सक्छौं । यसका लागि सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ। विज्ञहरूको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रमको परिमार्जन गरी अघि बढ्ने छ। सूचना र प्रविधिको क्षेत्रलाई अघि बढाउनको निम्ति विश्वमा प्रविधिको विकास गरिरहेको छ। नेपालले पनि सूचना प्रविधिको क्षेत्रलाई विकास गर्न सबैको सहकार्य आवश्यक रहेको छ। प्रविधिको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्छ। मन्त्रालय तयार छ ।’

उहाँले सङ्घीय निजामती ऐनमा आइटी समूह राख्नका लागि प्रयास भइरहेको बताउनु भयो । मन्त्री शर्माले सरकारी सेवालाई नै आधुनिक बनाउने बाहेक सरकारले नयाँ कार्यक्रममार्फत पूर्वाधार निर्माण तथा सेवाको गुणस्तर बढाउन काम गरिरहेको उल्लेख गर्नुभयो ।

Skip This