काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दुषित गर्न नहुने बताउनु भएको छ।
आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित ‘युगदूत’ विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सबै नीतिहरुको मुहान राजनीति भएकाले यसलाई दुषित गर्न नहुने बताउनु भएको हो।
राजनीतिमा लागेका केही व्यक्ति खराव हुन सक्ने भएपनि समग्र राजनीतिलाई नै खराव भन्न नमिल्ने उहाँले बताउनु भयो। ओलीले सुन्दर र आधुनिक भविष्य निर्माण गर्न दू्रत गतिले अघि बढ्नुपर्ने र समाजको विकास गर्नुपर्ने जिकिर गर्नु भयो । उहाँले अब मुलुकमा ३३ प्रतिशत महिला सहभागीताको लडाई सकिएको र त्यसभन्दा अघि बढ्नुपर्ने उल्लेख गर्नु भयो ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले राजनीति भनेको सबै नीतिहरुको मूल नीति भएको भन्दै भ्रष्ट नीति, छुल्याहा नीति, चुक्ली नीति, ढाँटछल र धोखाधडीवाला नीति नभएको बताउनु भयो । ‘राजनीतिमा यस्तो त भइहाल्छ नि ! भन्ने चलन छ आजभोलि । नहुनुपर्ने कुरा राजनीतिमा पनि हुनुहुँदैन’, ओलीले भन्नुभयो, ‘अपवित्र पनि पवित्र हुने राजनीतिमा हुँदैन।’
अध्यक्ष ओलीले सबै मुहान फोहोर नभएको पनि बताउनु भयो। अरस्तुले दाँत गनेजस्तो हुनु नहुने भन्दै उहाँले अरस्तुको कथा सुनाउनु भयो ।





प्रतिक्रिया