काठमाडौँ-सिन्धुपाल्चोक आसपास भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले ट्विरमार्फत् पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकको धापस्थित केन्द्रमा भारी वर्षामापन भएको जनाएको हो ।
हेलम्बु नाकोते केन्द्रमा पछिल्लो ६ घण्टामा ४५.६ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले उल्लेख गरिएको छ । सिन्धुपाल्चोककै धाप केन्द्रमा ९४ मिलिमिटर वर्षा मापन गरिएकोले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ। अहिले काठमाडौँ उपत्यकाका बागमतीको सहायक नदी मनोहरा, हनुमन्तेलगायतमा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले बताएको छ।




प्रतिक्रिया