काठमाडौँ-आज देशका अधिकांश जिल्लामा भारी वर्षाको सम्भावना रहेको छ । जसले गर्दा ती जिल्लाका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ ।
संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ भएर बहने नदी तथा खोलामा आज जलसतह बढ्नेछ ।
यस्तै रुकुम पूर्व, जाजरकोट, कालिकोट, कैलाली, डोटी, अछाम, बझाङ, दार्चुला, डडेलधुरा र आसपास भएर बहने केही स–साना नदी तथा खोलामा पनि बहाव बढ्नसक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहनेछ । नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनु पर्ने महाशाखाको भनाइ छ ।




प्रतिक्रिया