अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल टी २० लिगमा सन्दीप आबद्ध सर्रेको जित

ग्लोबल टी २० लिगमा सन्दीप आबद्ध सर्रेको जित


काठमाडौँ – सन्दीप लामिछाने आबद्ध सर्रे जगुवार्सले ग्लोबल टी २० क्यानडामा जित निकालेको छ । सन्दीप विकेटविहीन बनेको यो खेलमा सर्रे ६ विकेटले विजयी भएको हो ।

टस जितेर पहिला बलिङ गरेको सर्रेलले ब्राम्पटन वुल्भ्सलाई १२८ रनमा रोकेको थियो । वुल्भ्सका कोलिन डी ग्रान्डहोमले सर्वाधिक ३४ रन बनाउँदा आरोन जोनसन, मार्क च्यापमान र नितिश कुमारले समान १४–१४ रन बनाउँदा उस्मान खानले १३ रन बनाएका थिए ।

सर्रेका लागि अमर खलिद, म्याथ्यु फोड र आयान खानले दुई दुई विकेट लिए । सन्दीपले ३ ओभर बलिङ गर्दा २५ रन दिए पनि विकेट लिन भने असफल रहे ।

१२९ रनको लक्ष्यसहित मैदान उत्रिएको सर्रेले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । लिटन दासले ५९ रनको अर्धशतकीय पारि खेल्दा कप्तान इफ्तिकर अहमेदले नटआउट ३८ रन जोडेका थिए ।