काठमाडौँ-प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जीव मानन्धर नियुक्त हुनु भएको छ । आज बसेको बैंक सञ्चालक समितिको बैठकले उहाँलाई कामु सीईओ नियुक्त गरेको हो।
सीईओ बन्नुभन्दा पहिले उहाँ महाप्रबन्धक हुनुहुन्थ्यो। बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि सकिएपछि मानन्धर सीईओ बन्नुभएको हो।
अर्को व्यवस्था नभएसम्मका लागि मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बैकले बताएको छ।






प्रतिक्रिया