अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीप आबद्ध जगुअर्स प्लेअफमा, ८ विकेटकाे शानदार जित

सन्दीप आबद्ध जगुअर्स प्लेअफमा, ८ विकेटकाे शानदार जित


काठमाडौँ-सन्दीप लामिछाने आबद्ध सर्रे जगुअर्स ग्लाेबल टि-२० क्यानाडाकाे प्ले अफमा पुगेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा मिस्सिसाउगा प्यान्थर्सविरूद्ध ८ विकेटकाे फराकिलो जित दर्ता गरेसँगै जागुअर्सले प्लेअफमा स्थान सुरक्षित गरेको हाे ।

जगुअर्सलाई महत्त्वपूर्ण जित दिलाउन सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओेभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिएपछि प्यान्थर ५६ रनमा समेटिएकाे थियाे ।

जवाफी व्याटिङमा उत्रेकाे जगुअर्सले ९ ओेभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायाे । जगुअर्सका लागि पाकिस्तानी ब्याट्सम्यान माेहम्मद ह्यारिसले २३ बलमा अविजित ३७ रन बनाए ।

आजकाे खेलमा सन्दीप प्लेयर अफ द म्याच बनेका छन् । जारी प्रतियोगितामा पहिलोपटक उनी प्लेयर अफ द म्याच बनेका हुन् । यसअघि उनले तीनपटक माेमेन्ट अफ द म्याचकाे पुरस्कार जितेका थिए ।