अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि अधिवक्ता पाण्डे रिहा 

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि अधिवक्ता पाण्डे रिहा 


काठमाडौँ-जिल्ला अदालत काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि अधिवक्ता भगवती पाण्डे ‘शीतल’ रिहा भएकी छन् । 

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता  पाण्डे  छुटेकी हुन् । अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको प्रहरीले जनाएको छ ।

अदालतले टेलिभिजनमा बोलेको कुरा प्रमाणका रूपमा रहेकोले थुनामा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै म्याद थप नभएको बताइएको छ ।

पाण्डेले एक अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाइरहेका छन् ।