अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका अधिकांश भू–भागमा भारी वर्षा, आज यी नदीमा बाढीको जोखिम 

देशका अधिकांश भू–भागमा भारी वर्षा, आज यी नदीमा बाढीको जोखिम 


काठमाडौँ–देशका अधिकांश भू–भागमा भारी वर्षा भइरहेको छ ।  जसले गर्दा देशका विभिन्न नदीहरूमा पानीको बहाव बढेको छ । 

बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेका बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । रौतहट र सर्लाहीका बागमती नदी  तटीय क्षेत्रमा आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

यस्तै बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । दाङका लमही र लालमटिया तथा बाँकेको कुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जनाइएको छ ।

कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनेहरू बिहान अबेरसम्म सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ । 

यस्तै कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूलेसतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

Skip This