अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब मासिक १०० रुपैयाँमा नै डिशहोम टिभी हेर्न पाइने

अब मासिक १०० रुपैयाँमा नै डिशहोम टिभी हेर्न पाइने


काठमाडौं-डिश मिडिया नेटवर्क लिमिटेडले आफ्ना ग्राहकहरूका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ।

अब डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु.१०० मा डिशहोमको टिभी हेर्न पाउने छन्। डिशहोम फाइवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरी यो अफरको लाभ उठाउन सकिनेछ।

यस्तै, यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले फाइवर नेटको कनेक्सन लिएर लिन सक्नेछन्।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँगै ६० भन्दा बढी एचडी च्यानलसहित २०० भन्दा माथि उच्च पिक्चर क्वालिटीको टीभी सुलभ मूल्यमा ग्राहकहरुले हेर्न सक्नेछन्।

यो अफरको बारेमा थप जानकारी चाहिएमा ०१-५९७०३६५ मा सम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

Skip This