अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट

राष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट


काठमाडौं-राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले आज उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्नुभयो।

त्यसअवसरमा नेपाल-पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श भएको थियो। उहाँहरूले पारस्परिक हित र चासोका अन्य विषयमा पनि छलफल गर्नुभएको थियो।

अध्यक्ष तिमिल्सिनालाई पाकिस्तानी सिनेटका अध्यक्ष मुहम्मद सदिक सञ्जरानीका तर्फबाट पाकिस्तान भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो । सिनेटका अध्यक्षले भ्रमणका निम्ति आमन्त्रण गर्नुभएकामा आभार व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले उपयुक्त समयमा भ्रमण गर्ने जानकारी राजदूत हास्मीलाई दिनुभएको अध्यक्ष तिमिल्सिनाको निजी सचिवालयले जनाएको छ।

Skip This