अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साउदी प्रो लिग : रोनाल्डो बिना अल नासर पराजित

साउदी प्रो लिग : रोनाल्डो बिना अल नासर पराजित


काठमाडौँ-अल नासरले साउदी प्रो लिगमा हारबाट आफ्नो नयाँ सिजनको शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा अल इत्तिफाकले अल नासरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

स्टेफेन जेरार्ड प्रशिक्षक रहेको अल इत्तिफाकले १-० गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल जितेको थियो । इत्तिफाकको जितमा रोबिन क्विसन र मोउसा डेम्बेलेले एक/एक गोल गरेका थिए ।

यसअघि खेलको चौथो मिनेटमा नै साडियो मानेले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए । मानेको अल नासरका लागि यो पहिलो गोल थियो । यस खेलमा अल नासरले क्रिस्टियानो रोनाल्डो, फोफाना सहितका प्रमुख खेलाडीलाई आराम दिएको थियो ।

अब अल नासरले अर्को खेल अगस्त १८ मा अल तावोउनविरुद्ध खेल्दै छ ।-एजेन्सी