अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेयमार साउदी क्लब अल–हिलालमा आबद्ध

नेयमार साउदी क्लब अल–हिलालमा आबद्ध


काठमाडौँ–ब्राजिलका फरवार्ड नेयमार फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनबाट साउदी प्रो लिग क्लब अल–हिलालमा आबद्ध भएका छन् । बार्सिलोनाका पूर्व खेलाडी, ३१ वर्षीय नेयमार करिब ९० मिलियन युरोमा अल–हिलालमा आबद्ध भएको बीबीसीले जनाएको छ ।

उनले युरोपमा धेरै उपलब्धि पाइसकेपछि अब नयाँ ठाउँहरूमा आफूलाई परीक्षण गर्ने बताए । ‘मैले युरोपमा धेरै उपलब्धि हासिल गरेको छु र विशेष समयको आनन्द उठाएको छु, तर म सधैँ विश्वव्यापी खेलाडी बन्न चाहन्छु र नयाँ ठाउँहरूमा नयाँ चुनौती र अवसरहरूसँग आफूलाई परीक्षण गर्न चाहन्छु’, उनले भने ।

‘म खेलकुदको नयाँ इतिहास लेख्न चाहन्छु, र साउदी प्रो लिगमा यतिबेला ठूलो ऊर्जा र गुणस्तरीय खेलाडीहरू छन्’ नेयमारले थपे । अल हिलालका अध्यक्ष फहाद बिन सादले नेमारलाई क्लबमा स्वागत गर्दै नेयमारलाई ‘एक विश्वव्यापी आइकन’ को संज्ञा दिए । उता, पीएसजीका अध्यक्ष र प्रमुख कार्यकारी नासेर अल–खेलाफीले भने विश्वका उत्कृष्ट खेलाडीमध्ये एक नेयमार जस्ता अद्भुत खेलाडीलाई बिदाइ गर्न सधैँ गाह्रो हुने प्रतिक्रिया दिएको समाचारमा उल्लेख छ ।-एजेन्सी