अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इंग्लिस प्रिमियर लिग : सिटीको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग : सिटीको लगातार दोस्रो जित


लन्डन—डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । यससँगै सिटीले उपाधि होडमा आफू बलियो रहेको पनि प्रमाणित गरेको छ ।

सिटीका लागि जुलियन एल्भारेजले पहिलो हाफमा निर्णायक गोल गरे । यस्तै, लगातार दोस्रो जितका लागि ब्राइटनले उल्भ्सलाई ४–१ ले हरायो । यस्तै, अर्को महत्त्वपूर्ण खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई २–० ले हरायो ।

नयाँ सिजनमा टोटनहमको यो पहिलो जित हो । 

यस्तै, पहिलो जितका लागि लिभरपुलले बर्नमाउथलाई ३–१ को पुनरागमन जित रच्यो । अर्को खेलमा ब्रेन्टफोर्डले फुलहमलाई ३–० ले पराजित गर्‍यो ।