अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरान निषेधाज्ञा: सयौंको संख्यामा प्रहरी परिचालन

धरान निषेधाज्ञा: सयौंको संख्यामा प्रहरी परिचालन


धरान-सुनसरीको धरानमा जारी निषेधाज्ञा कडाई गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। मध्यरातिदेखि धरानमा लगाइएको निधेषाज्ञा कडाई गर्न ठूलो मात्रामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको हो।

धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले निकालेको शान्ति र्यालीलाई रोक्न बाक्लो प्रहरी परिचालन गरिएको छ ।

स्थानीय प्रशासनले धरानमा २४ घण्टे निषेधाज्ञा गरेको छ। सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार निषेधाज्ञा शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको हो। 

प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका–६ बाट बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो।