अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एम्बाप्पेको गोलमा पीएसजीको पहिलो जीत

एम्बाप्पेको गोलमा पीएसजीको पहिलो जीत


पेरिस–किलियान एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले लेन्समाथि सहज जीत हासिल गरेको छ । लिग वानमा यो सिजन साबिक विजेता टोलीको पहिलो जीत हो । 

खेलको पहिलो हाफमा मार्को असेन्सियोले पीएसजीलाई अग्रता दिलाएका थिए । करारको विवादपछि पहिलोपटक खेलको सुरुवात गरेका एम्बाप्पेले दोस्रो हाफको सुरुवातमा नै गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । 

खेलको अन्तिम मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । गत हप्ता टोलुजविरुद्धको खेलमा पनि अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेर एम्बाप्पेले गोल गरेका थिए ।

इन्जुरी समयमा लेन्सका मोर्गन गुइलाभोगुइले सान्तवना गोल गरेपछि खेल ३–१ ले पीएसजीले जित्यो । दुई बराबरी र एक जीतसहित लुइस एनरिकेको टोली लिगमा पाँचौँ स्थानमा उक्लिएको छ ।