अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पेसीमा, नियमित सुनुवाइ हुने

सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पेसीमा, नियमित सुनुवाइ हुने


काठमाडौँ-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा पेसी तोकिएको छ । 

उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतले आइतबार फैसला गर्ने बताइएको छ ।  

यसअघि सन्दीपको मुद्दामा गत साउन ३२ गते  सुनुवाइ भएको थियो । उक्त दिन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको हो । अब आजदेखि उक्त मुद्दाको नियमित सुनुवाइ हुने जनाइएको छ ।