अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तयार, प्रधानमन्त्रीद्वारा चाबी हस्तान्तरण

भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तयार, प्रधानमन्त्रीद्वारा चाबी हस्तान्तरण


ललितपुर-ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन गरिएको छ। संघीय सरकारको लगानीमा बनेका सरकारी आवास आइतवार सम्बन्धित प्रदेशका प्रदेश प्रमुखलाई हस्तान्तरण गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुर महानगरपालिका सैंवुस्थित सम्पर्क कार्यालय र निवास हस्तान्तरण गर्नु भएको हो। प्रधानमन्त्री प्रचण्डले कोशी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्रीको निवास अवलोकन गर्नु भयो । सातवटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीले साँचो बुझेका छन् । उहाँहरू काठमाडौं आएको समयमा सरकारी आवासमा बस्नु हुने छ।

Skip This