अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 केनको दुई गोलले बायर्नको जीतमा 

 केनको दुई गोलले बायर्नको जीतमा 


म्युनिख–घरेलु मैदानमा आफ्नो बुन्डेस लिगाको डेब्यू खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले दुई गोल गरेपछि साबिक विजेता बायर्न म्युनिखले लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ । आइतबार राति बायर्नले एफसी अग्सबर्गलाई ३–१ गोलले हराएको हो ।

पहिलो हाफको ३२ औँ मिनेटमा फेलिक्स उडुओखाईले आत्मघाती गोल गरेपछि बायर्नले खेलमा अग्रता बनाएको थियो । ८ मिनेटपछि पेनाल्टीबाट गोल गर्दै केनले टोलीको अग्रता दोब्बर बनाए । योसँगै उनी बुन्डेस लिगाका पहिलो दुई खेलमा गोल गर्ने पहिलो इंल्गिस खेलाडी बनेका छन् ।

दोस्रो हाफको ६९ औँ मिनेटमा केनले अर्को गोल गर्दै थप्दै अग्रता फराकिलो बनाए । डियोन बेलहोले खेलको अन्त्यतिर अग्सबर्गका लागि सान्त्वना गोल गरे । दुई खेलबाट ६ अङ्क बटुल्दै बायर्न गोल अन्तरको आधारमा लिगको दोस्रो स्थानमा रहेको छ ।-एजेन्सी