अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एथ्लेटिको मड्रिडकाे शानदार जित

एथ्लेटिको मड्रिडकाे शानदार जित


काठमाडौँ–स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोमाथि शानदार जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई ७–० ले हराएको हो । यो ला लिगामा एथ्लेटिको मड्रिडको अहिलेसम्मकै फराकिलो जित हो ।

भालेकानाको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट खाता खोलेको थियो । १६औं मिनेटमा मेम्फिस डिपेईले गोल गरे भने ३६ औं मिनेटमा नागुयल मोलिनाले गोल गर्दै टिमलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा अल्भारो मोराटाले दुई गोल गरे भने एन्जल कोरेया र मार्कोस लोरेन्टेले पनि गोल गरेपछि एथ्लेटिको मड्रिडले ७–० को जित निकाल्यो ।