अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललिता निवास प्रकरणमा आज पनि बयान जारी रहने 

ललिता निवास प्रकरणमा आज पनि बयान जारी रहने 


काठमाडौँ-ललिता निवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि जारी रहने भएको छ । काठमाडौँ जिल्ला अदालतमा बयान जारी रहने भएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लामो अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा आइतबार मुद्दा दर्ता गरेको थियो।

सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय प्रस्तुत गरेपनि सरकारी वकिलले भने पश्चातदर्शी कानुन लगाउन नमिल्ने भन्दै किर्तेमा मात्र मुद्दा चलाएको हो ।

हिजो दुई जनाको बयान लिएकोमा आज एकपटकमा चार जनाको बयान लिन लागिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ । 

ललिता निवास जग्गा प्रकरणमा १८ जना थुनामा छन् । पहिलो चरणमा थुनामा रहेकासँग बयान लिएपछि थुनछेक बहस सुरु हुने अदालतले जनाएको छ ।