अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी आजदेखि कार्यान्वयन हुँदै, पाँच वर्षभित्र सक्नुपर्ने

एमसीसी आजदेखि कार्यान्वयन हुँदै, पाँच वर्षभित्र सक्नुपर्ने


काठमाडौँ– अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आउने  भएको छ । एमसीसी परियोजना औपचारिक कार्यान्वयनको घोषणा गर्न उपाध्यक्ष क्यामरन एस अलफोर्ड हिजो नेपाल आउनुभएको हो ।  

करिब ७० करोड डलरको एमसीसी परियोजनाको आज उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । तीन दिने नेपाल बसाइँका क्रममा क्यामरले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित अन्य परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रहरुको पनि भ्रमण गर्ने बुझिएको छ ।

आज अर्थ मन्त्रालयमा औपचारिक सुरुवात हुने एमसीसी २०८५ भदौ १२ गते सम्पन्न भइसक्नु पर्नेछ । सो अवधिमा काम पूरा नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्नु पर्नेछ । 

एमसीसी परियोजना अन्तर्गत ३१५ किलोमिरट विद्युत् प्रसारण लाइन र १२ मिटर चौडा ७७ किलोमिटरको स्तरोन्नति गर्ने योजना रहेको छ ।

अमेरिकाले सो परियोजनाका लागि ५० करोड डलर सहयोग दिने छ भने नेपालले १३ करोड डलरको योगदान गर्नुपर्ने छ ।