काठमाडौँ–नेपाल पञ्चांग निर्णायक विकास समितिले ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व एकै दिन परेको प्रष्ट पारेको छ । आज विज्ञप्ति जारी गर्दै समितिले भोलि एकै दिन ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन सकिने उल्लेख गरेको हो ।
धर्मशास्त्रको परम्पराअनुसार उदयव्यापिनी (सूर्य उदय भएको) तिथिलाई आधार मान्नुपर्ने भन्दै समितिले भोलि नै मनाउनुपर्ने जनाएको छ।
आज ११:२८ घडी अर्थात् १०:१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चाङ्गमा उल्लेख छ। भोलि ५:१८ घडी मात्रै पूर्णिमा रहेको बताइएको छ । यसैकारण काठमाडौँ उपत्यकामै कतिपय समुदायले आज नै रक्षाबन्धन गर्ने तयारी गरेका छन् । उदय पूर्णिमा १ घडीमात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ।
“रातको समयमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भोलिपल्ट नै गर्नु पर्ने देखिन्छ । हालसम्म रक्षाबन्धन र जनै पूर्णिमालाई अलगअलग गर्ने परम्परा पनि छैन र एकै दिन गर्ने गरेको नै नेपालको परम्परा रहेको देखिन्छ,” समितिको विज्ञप्तिमा भनिएको छ ।
तिथि घटबढका कारण जनमानसमा भ्रम परेको भन्दै समितिले विज्ञप्ति निकालेर यसबारे प्रष्ट पारेको हो।





प्रतिक्रिया