अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीलाई अध्यक्ष ओलीद्वारा शुभकामना

एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीलाई अध्यक्ष ओलीद्वारा शुभकामना


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीलाई शुभकामना दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा नेपाली टोलीको अभ्यास खेल खेलिरहेको भिडियो पोष्ट गर्दै अध्यक्ष ओलीले शुभकामना दिनुभएको हो । 

उहाँले लेख्नुभएको छ, ‘र, प्रतीक्षाको घडी समाप्त भएको छ । नेपाली  टिमले  आज पहिलो पटक एसिया कप खेल्दैछ । यसका लागि हामी सबै  नेपालीले लामो समयदेखि सपना देखेका थियौँ । विश्वको नम्बर वान क्रिकेट टिम पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना !’

आज उद्घाटन खेल नेपालले पहिलो वरियताको पाकिस्तानसँग खेल्दैछ । खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे सुरु हुनेछ ।  नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर–१ टोली पाकिस्तानसँग खेल्न लागेको हो ।