अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रभावकारी ढंगले काम गर्न संसदीय समितिका सभापतिलाई सभामुखको निर्देशन

प्रभावकारी ढंगले काम गर्न संसदीय समितिका सभापतिलाई सभामुखको निर्देशन


काठमाडौं-सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिनुभएको छ।

बुधबार सभामुख, उपसभामुखसहित १० वटै संसदीय समितिको सभापतिसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन निर्देशन दिनुभएको हो ।

उहाँले समितिमा आउने विधेयकहरुलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुङ्ग्याउन पनि निर्देशन दिनुभयो। उहाँले समितिहरुले गतिका साथ काम गर्नुपर्ने पनि बताउनुभयो ।

‘‘निर्णयहरु अब समितिले गतिका साथ काम गर्ने । सभाले दिएका दायित्वहरु अब समितिमार्फत पूरा गर्ने । र, समितिहरुलाई प्रभावकारी ढङ्गबाट काममा अगाडि बढाएर सभालाई प्रभावकारी बनाउने कुराहरु भयो । खासगरी आएका विधेयकहरु समितिमा गएका छन् । अब आउने विधेयकहरु पनि समितिमै जान्छन् ।,’’ बैठकपछि सञ्चारकर्मीसँग बैठकबारे जानकारी दिनुहुँदै सभामुख घिमिरेले भन्नुभयो, ‘‘समितिमा सरोकारवालाहरुसँग आवश्यकता अनुसार बस्ने उहाँहरुको कुराहरु सुन्ने । र सबै आ–आफ्नो समितिमा माननीयज्यूहरुले घनिभुत ढङ्गबाट दफावार छलफल गर्ने, छिटो टुङ्ग्याउने र सभामा ल्याउने कामका लागि विशेष अगाडि बढ्नुस् भन्ने कुराहरु सभामुखको तर्फबाट भन्ने काम भयो । उहाँहरुले त्यसलाई एकदम ठिक भयो । यो दायित्व पूरा गर्छौं भनेर उत्साहसाथ लिनुभयो ।’’

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरुले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सहि ढंगले काम गर्नुपर्ने विषयमा छलफल भएको बताउनु भयो । उहाँले समितिले गरेका निर्णयहरुलाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको बताउनु भयो। 
उहाँले भन्नुभयो – ‘आर्थिक हिसावले अहिले पनि हामी कमजोर अवस्थामा छौँ । बजार चलायमान नभएको अवस्थामा छौँ । व्यापार घाटाको अवस्थामा छौँ । निर्यात कमजोरी छ । आयात वृद्धि भइरहेको अवस्था छ । रेमिट्यान्स्ले मात्रै मुलुक धानिनुपर्ने अवस्था छ । यसबाट पार पाउनका लागि हामीले लिनुपर्ने निर्णयहरु र दशवटै समितिले खेल्नुपर्ने आ–आफ्नो भुमिकाहरु हामीले एकदमै  आफूलाई देशको लागि साक्षि राखेर काम गर्नुपर्ने अवस्था भएको हुनाले चाँडै भन्दा चाँडै सही ढंगले काम थाल्नुप¥यो । सहि ढंगले निर्णय गर्नुप¥यो । निर्णय गर्ने मात्रै होइन निर्णयलाई लागू पनि गर्नुप¥यो । भन्ने विषयमा आज निर्देशनहरु भए । छलफलहरु भए ।’

त्यसैगरी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरु र विधेयकसँग सम्बन्धित कामहरुको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको बताउनु भयो । उहाँले पनि समितिको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउने विषय नै सभामुखले राख्नुभएको जानकारी गराउनु भयो ।

उहाँले समितिको कामको प्रभावकारिताले नै संसदको प्रभावकारिता बढ्ने भएकाले सोही अनुरुप गम्भिरतापूर्वक समितिका काम, कारबाही अगाडी बढाउन सभामुखले निर्देशन दिनुभएको उल्लेख गर्नुभयो ।