अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

कृष्णबहादुर महराका छोरा राहुल पक्राउ


काठमाडौं-पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले महरालाई नियन्त्रणमा लिइएको पुष्टि गर्नु भएको छ।

भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा महराका बाबुछोरा नै मुछिएका छन्। 

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो ।

महराका बाबु–छोराले सुन तस्करसँग पटकपटक फोन संवाद गरेको कुरा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले नै पुष्टि गर्दा पनि उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि नबढाइएको भनी संसद्‍मा पनि आलोचना भएको थियो।

यसअघि महरा र पुत्र राहुलले कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र  समाचार लेखी भ्रमित पार्नु गलत भन्दै आफ्नो बचाउ गरेका थिए।