अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँका यी क्षेत्रमा आज र भोलि सवारीसाधन चलाउन नपाइने

काठमाडौँका यी क्षेत्रमा आज र भोलि सवारीसाधन चलाउन नपाइने


काठमाडौँ–आज र भोली काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको छ । 

काठमाडौँ महानगरपालिकाले आज र भोलि  विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको हो । 

सूचना जारी गर्दै महानगरले आज गाईजात्रा र भोलि गुँलागा दुतिया पर्व भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ । 

असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश गराउन रोक लगाइएको महानगरको सूचनामा उल्लेख छ ।