हेटौंडा-राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई झनै अस्थिर र कमजोर बनाएको भन्दै अब विकल्प खोज्नुपर्ने बताउनु भएको छ।
आज मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा अध्यक्ष थापाले देशको राष्ट्रियता कमजोर भएको, विदेशी प्रभाव र दबाब बढेको, आर्थिक क्षेत्र संकटग्रस्त हुँदै गएको समेत चर्चा गर्नु भयो ।
भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने र कठघरामा उभ्याउनुपर्ने सरकार आफैँ भ्रष्टाचारमा लिप्त भएको भन्दै थापाले भ्रष्टाचारीहरू दण्डित हुनुको सट्टा मुलुकमा ब्रम्हलुट गर्ने प्रतिस्पर्धामा रहेको तथा सरकार भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत भइरहेकोमा गम्भीर आपत्ति समेत प्रकट गर्नु भयो ।
नेपालमा राजासहितको प्रजातन्त्रको मौलिक राज्यप्रणाली अहिलेको आवश्यकता भएको समेत उहाँले बताउनु भयो । धर्म, संस्कृति र पहिचानलाई मेटेर मुलुकको हित नहुने भन्दै उहाँले अब दुर्घटना उन्मुख मुलुक जोगाउन जनता सडकमा आउनुपर्ने आवश्यकता समेत औँल्याउनु भयो ।






प्रतिक्रिया