काठमाडौँ–काठमाडौँ महानगरपालिकाले आज विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जनाएको छ । एक सूचना जारी गर्दै महानगरले काठमाडौँका विभिन्न स्थानमा सवारी आवागमन निषेध गर्ने जनाएको हो ।
महानगरले असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने जानकारी दिएको छ।
महानगरले गुँलागा दुतिया पर्वका कारण उक्त सडकमा सवारी साधन सञ्चालान गर्न नदिइने जनाएको हो ।
यसैबीच काठमाडौँ महानगरले आज गुँलागा दुतियाको अवसरमा आफ्ना मातहतका कार्यालयमा सार्वजनिक बिदा समेत दिएको छ।





प्रतिक्रिया