काठमाडौँ–आज देशका केही स्थानमा हल्कादेखि सामान्य वर्षाको सम्भावना रहेको छ । जसले गर्दा देशका केही नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ ।
इलाम, पाँचथर, धनकुटा, उदयपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङजा र आसपास भएर बहने केही स–साना नदीहरूमा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने महाशाखाको भनाइ छ । यद्यपि, जलसतह सतर्कता तहभन्दा तल रहने बताइएको छ ।




प्रतिक्रिया