अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार रहिरहेमा देश बर्बादी तिर धकेलिने छ: महेश बर्तौला

वर्तमान सरकार रहिरहेमा देश बर्बादी तिर धकेलिने छ: महेश बर्तौला


मकवानपुर-नेकपा एमालेका प्रतिनिधि सभा सदस्य एवं प्रमुख प्रतिपक्षी दलका सचेतक महेश बर्तौलाले वर्तमान सरकार रहिरहेमा देश बर्बादी तिर धकेलिने बताउनु भएको छ।

शुक्रबार प्रेस चौतारी नेपाल मकवानपुरले हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बर्तौलाले वर्तमान सरकार रहिरहेमा देश बर्बादी तिर धकेलिने बताउनु भएको हो।

उहाँले वर्तमान सरकारले बिजनेस दिन नसकेको कारण संसद् बैठक बन्द भएर बसेको बताउनुभयो।

हिजो एमालेलाई चौतर्फी घेराबन्दी गरेर संसद् चल्न नदिएको सरकारले आज संसद् सुचारु हुँदा पनि कुनै बिजनेस दिन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकार कुरा एउटा गर्छ, काम अर्को गर्छ।’ 

कोशी प्रदेशमा सरकारै कारण जातीय विद्वेष र हिंसा फैलिएको उहाँले बताउनु भयो। वर्तमान सरकारको कारण देश बरवादी तर्फ उन्मुख भएको उहाँले दाबी गर्नुभयो। ‘यो सरकार जति लामो रहन्छ, त्यति नै देश बरबादीमा जान्छ’, बर्तौलाले भन्नुभयो । 

सरकारले शान्ति र सद्भावको नेतृत्व गर्न नसकेको उहाँको भनाइ छ। सरकारले देशमा द्वन्द्वको आगो झोस्ने काम गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जति लामो जान्छ तबसम्म देशले झन् झन् दुःख पाउँदै जाने उहाँले बताउनुभयो । वर्तमान सरकारले देशलाई अस्थिरता तर्फ लैजाने उहाँको भनाइ छ । 

सरकार संसद्मा सांसदहरूले उठाएका कुरा कार्यान्वयन गर्ने कुरामा पनि उदासीन रहेको बर्तौलाले बताउनुभयो । सांसदले राखेका एजेण्डा सम्बोधन गर्न सरकार तयार नरहेको भन्दै उहाँले आलोचना गर्नुभयो। प्रधानमन्त्री कार्यालयमा हुने बैठकमा देश निर्माणको एउटा पनि योजना नबन्ने उहाँले प्रष्ट पार्नुभयो। 

नेकपा एमालेले सरकारलाई खबरदारी गर्ने र ध्यानाकर्षण गराउने काम गरिरहेको उहाँले बताउनुभयो । सरकारले आठ महिनामा संसद्लाई एउटा संशोधित विधेयक मात्र छलफल गरेर पास गर्न दिएको बताउनु भयो । सरकार संसद्को समग्र भूमिकालाई समाप्त गर्न चाहेको उहाँको भनाइ छ। संसद्को कानुन बनाउने अधिकारलाई निषेध गर्ने काममा सरकार लागेको उहाँले बताउनुभयो। 

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दा सरकारले एक महिना संसद् चल्न नदिएको उहाँले बताउनुभयो । अहिले संसद् चलेको भए पनि सरकारले काम दिन नसकेको उहाँको भनाइ छ ।