अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल निर्दोष सावित हुनुभयो: प्रधानमन्त्री प्रचण्ड

माधव नेपाल निर्दोष सावित हुनुभयो: प्रधानमन्त्री प्रचण्ड


पोखरा-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताउनु भएको छ। 

 शुक्रवार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो।  

‘माधवजीबारे पनि विभिन्न प्रश्न उठेको थियो । निर्दोष हो भन्ने सावित भयो, अब प्रश्न उठाउने ठाउँ रहेन। सीआईबीले बयान लिएर निर्दोष सावित गरेर मुद्दा चलाउन पर्दैन भनेको छ। दोषी गइराखेका छन् । सीआईबीले के हो भनेर उहाँको पनि बयान लियो, बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि सधैंको टेन्सन सकियो त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो’,उहाँले भन्नुभयो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दिएकाले नेपाल निर्दोष सावित भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । 

Skip This