अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितिका निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्छ: सभामुख घिमिरे

संसदीय समितिका निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्छ: सभामुख घिमिरे


काठमाडौँ-सभामुख देवराज घिमिरेले संसदीय समितिका निर्देशनहरू सरकारले प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ।

काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले समितिले दिएका निर्देशन औपचारिक मात्रै हुने गरेको भन्दै प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो।

सभामुख घिमिरेले संसद् जनताप्रति उत्तरदायी हुन जरुरी रहेको बताउनु भयो । उहाँले जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले विधायिका संस्थामा सांसदहरुले खेल्ने भूमिका प्रभावकारी हुनुपर्ने पनि बताउनु भयो । 

सभामुख घिमिरेले देश समृद्ध बनाउन र राष्ट्रको उन्नति गर्न सांसद र संसद् क्रियाशील बन्नुपर्ने बताउनु भयो । उहाँले देशको पछौटेपन अन्त्य गर्न आर्थिक रुपमा सबल बन्नुपर्ने बताउनु भयो ।

विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा जानुपर्ने लक्ष्य पूरा गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न चुनौति रहेको उहाँले बताउनु भयो ।